|  

अम्बानीको छोराको बिहेमा विनोद चौधरीलाई निम्तो

२४ असार, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना छोराबुहारीको विवाह उत्सवमा नेपालका अर्बपति विनोद चौधरीलाई निमन्त्रणा दिएका छन्। 

चौधरीले निमन्त्रणाका लागि अम्बानीलाई सामाजिक सञ्जालबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्। 

चौधरीका अनुसार छोरा वरुण र बुहारी अनुश्रीले चौधरी परिवारको प्रतिनिधित्व गर्दै उक्त विवाह उत्सवमा सहभागिता जनाउनेछन्। ‘अनन्त र राधिकालाई जीवनभरको माया र खुसीको शुभकामना छ’, चौधरीले लेखेका छन्। 

अनन्त र राधिकाको विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज हुने बताइएको छ।