|  

अब माओवादीलाई समेत साथमा लिएर अघि बढ्ने हो : योगेश भट्टराई 

२४ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर अघि बढ्ने बताएका  बताएका छन् ।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले काँग्रेस-एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफूहरू संविधान संशोधन दुई तिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।

उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले काँग्रेस-एमाले एकैठाउमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित रहेकाले काँग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।