|  

धिरज र उपासनाको फिल्म 'खुस्मा' असोज ३ मा रिलिज हुने

२४ असार, काठमाडौं ।  फिल्म 'खुस्मा' को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले खुस्मा' आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको खुस्मा' लाई अशोक थापा मगरले निर्देशन गरेका हुन् ।

लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।