|  

काठमाडौं महानगरद्वारा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

२४ असार, काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।

२०८० सालको एसईईको नतिजामा एनजी आएका ८ सय ७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरेको छ ।
महानगरपालिकाले सय शिक्षकको रोष्टर बनाएर ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चञ्चालन गर्ने गरी कक्षाको सुरुवात गरिएको जनाएको छ । महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसईईमा ३ हजार ९ सय ५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना ग्रेडेड भएका थिए । बाँकी ८ सय ७३ जना प्रतिशत विद्यार्थी ननग्रेडेड भएर पुरक परीक्षामा सहभागी हुँदैछन् ।