|  

मौसम खराब हुँदा कर्णालीका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध 

२४ असार, काठमाडौं । लगातारको वर्षाका कारण कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध भएको छ ।

नागरिक उड्डयन प्राधिकरण, सिमिकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार यही असार १९ गते यता कर्णालीका चार हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध भएको छ । उनले डोल्पा, मुगु, जुम्ला र हुम्लामा पाँच दिनदेखि हवाई उडान अवरुद्ध भएको बताए ।

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौँ फर्किएका छन् । मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठ जना भने सिमिकोटबाट हेलिकप्टरबाट नेपालगन्ज फर्कने बताइएको छ ।