|  

हामी सबैलाई बधाई ! ओलीको दुस्साहसलाई खारेज गरेर सर्वोच्चले संविधानको रक्षा गर्योः गगन थापा

११ फागुन, काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहसलाई खारेज गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाए लगत्तै थापाले ट्वीट गर्दै यस्तो बताएका हुन्।

थापाले ट्वीटरमा लेखेका छन्, ‘हामी सबैलाई बधाई१ संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ,’ 

अदालतले विना भय, दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएर न्यायपालिकाप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाको भनाई छ ।