|  

मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा

२४ असार, काठमाडौं ।  पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको  इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।  पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।