|  

नेपाल टेलिकममा आजदेखि भोलिसम्म रिचार्ज नहुने

२५ असार, काठमाडौं । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने टेलिकमले जनाएको छ ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।