२५ असार, काठमाडौं । साताको कारोबारको तेस्रो दिन (मंगलबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यता तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।