२५ असार, काठमाडौं । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो अभ्यास खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो ।
महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० अभ्यास खेल बुधबार खेल्ने छ । एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा आयोजना हुँदैछ । महिला एसिया कपको नवौँ संस्करणमा आठ वटा टोलीको सहभागिता रहेको छ ।