|  

भोलीदेखि नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि बन्द

२५ असार, काठमाडौं ।  नौबिसे-मलेखु सडकखण्ड बुधबारदेखि १५ दिन बन्द हुने भएको छ ।

सडक विभागअन्तर्गत नागढुंगा-मुग्लिन सडक योजनाले एक सूचना जारी गर्दै नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य हुने जनाएको छ ।

सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने योजना प्रमुखले जानकारी दिए ।

सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ । साथै, वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने छ ।