|  

रामेछापमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

२६ असार, काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।