२६ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा पुगेको छ ।
मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २२ औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
त्यसैगरी ५१ औं मिनेटमा अर्जेन्टिना कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। रोड्रिगो डे पाउलको पासमा अल्भारेज र एन्जो फर्नान्डेजको पासमा मेस्सीले गोल गरेका हुन् । योसँगै अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।