|  

पोखरामा पहिरोमा घर पुरिँदा एक युवकको मृ#त्यु

२६ असार, काठमाडौं । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।