|  

काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

२६ असार, काठमाडौं । काठमाडौंको बौद्ध पीपलबोट सडकखण्डमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् ।

घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् ।प्र.३–०१–००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।