२६ असार, काठमाडौं । गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
मंगलबार भारतको क्रिकेट बोर्ड बिसिसीआईले गम्भीरलाई पुरूषतर्फ राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।उनलाई टेस्ट, एकदिवसीय र टी-२० तीनवटै फर्म्याटमा मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
हालका प्रशिक्षक राहुल द्रविडको टी–२० विश्वकपपछि कार्यकाल समाप्त भएसँगै बिसिसीआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो।उनले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।