|  

डुवानमा फसेका ४ जनाको उद्धार 

२६ असार, काठमाडौं । डुवानमा फसेका एकैपरिवारका चारजनाको उद्धार गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि उनीहरु डुवानमा फसेका थिए । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद उद्धार टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।