|  

प्रचण्डको ब्रिफिङः ‘ओलीले ढाँट छल गरेर समीकरण फेरे’

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

आजको संसदीय दलको बैठकमा प्रधानमन्त्री‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका हुन् । १७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भएपनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको जानकारी दिए । उनले भने,‘१७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो । बाहिर आएका समाचार झूटा हुन् । दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौं भन्नुभयो । मैले केपी जी ३ जना बसौं भन्दै हुनुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’
कांग्रेस एमालेबीचको सहमति सार्वजनिक गर्नुपर्नेबारे पनि बैठकमा कुरो उठेको छ । संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्ने र पक्षमा मत दिन सबै दल र स्वतन्त्र सांसदलाई आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।