|  

जनमत पार्टीले सचिवसहित ७ जनालाई गर्यो निलम्बन

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिव विपी साहसहित ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ। पार्टी हित विपरीत काम गरेको भन्दै बुधबार जनमतले कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा साहसहित केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चेया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी संगठनका पूर्वअध्यक्ष अरबिन्द सहनी, पूर्व नगरालिका सचिव दिप नारायण यादव, वडा अध्यक्षका प्रत्यासी अनिताकुमारी यादव र सधारण सदस्य धिरज कामती छन्।