|  

बाढीपहिरोबाट भएकाे क्षतिप्रति कांग्रेस द्धारा दुःख व्यक्त

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले मुलुकभर केही दिनयता आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्‌मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। 

कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ।

कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ।

“सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ।