|  

प्रधानमन्त्री प्रचण्डलाई  विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

२६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा(माओवादी केन्द्र)ले विश्वासको मत दिन  ह्विप जारी गरेको छ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।उनले आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभएको बताए।