|  

छोटो भिडियोहरू इन्स्टाग्रामको प्राथमिकतामा 

२६ असार, काठमाडौं । मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले अब छोटो भिडियोहरूलाई प्राथमिकता दिने भएको छ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले अब कम्पनीको पूरा ध्यान छोटो भिडियोहरूमा केन्द्रित रहेको बताएका हुन् । उनले भनेका छन्,‘ इन्स्टाग्रामले विश्वास गर्छ कि छोटो भिडियोहरूबाट मानिसहरू छिटो कनेक्टेड हुन्छन् र मानिसहरूको रुचि पनि छोटो भिडियोमा बढि हुन्छ । तर यसको मतलब यो होइन कि कम्पनीले लामो भिडियोहरू बन्द गर्दैछ । लामो भिडियोहरू अझै पनि अपलोड गर्न सकिनेछन् ।’

एडम मोसेरीले मानिसहरूले लामो भिडियोहरू सेयर नगर्ने भएकाले लामो भिडियोमा कम्पनीले रिसोर्स खर्च गर्नुको कुनै फाइदा नहुने बताए ।