|  

खोलाले बगाएर बेपत्ता युवकको शव तीनदिन पछि फेला

२६ असार, काठमाडौं । तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

बाग्लुङ गलकोट नगरपालिका वडा नं ४ नुवाकोटका ४२ वर्षीय प्रमानन्द सुवेदीको गलकोट नगरपालिका ११ को मनेवा नजिक शव भेटिएको हो । उनलाई सोमबार गलकोट नगरपालिका वडा नं २ को नरेठाँटीबाट गौंदीखोलाले बगाएको थियो । मानिस बगेको देखेपछि स्थानीयले तत्काल खोजी थालेका थिए । प्रहरी चौकी खरवाङको खोजी टोलीले आज दिउसो साँढे ३ बजे सुवेदीको शव फेला पारेको हो । इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार गौदीखोलाले बगाएर सुवेदीको शव दरमखोलामा पुर्‍याएको थयो ।