|  

एप्पल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

२७ असार, काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स कम्पनी एप्पल पुनः विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।

विश्वभरका कम्पनीहरूको मूल्यबारे जानकारी दिने संस्था नस्दकले यसको बजार पुँजीकरण साढे तीन खर्ब डलर भन्दा बढी पुगेको छ ।बुधबार साँझ सम्ममा आईफोन निर्माता यो कम्पनीको स्टक १.४ प्रतिशत बढेर प्रति शेयर मूल्य २३२ डलर पुगेको थियो । यो सँगै यसको बजार पुँजीकरण ३.५४३ पुगेको हो । यो रकम  कुनै पनि सार्वजनिक रूपमा व्यापार गरिएको कम्पनीले हासिल गरेको अहिलेसम्म कै उच्चतम हो। यसमा अघिल्लो रेकर्ड प्रतिद्वन्द्वी कम्पनी माइक्रोसफ्टको थियो, जसको उच्चतम क्लोजिङ मार्केट क्याप जुलाई ५ मा ३.४७५ खर्ब डलर रहेको थियो।

एप्पलले यसरी नयाँ रेकर्ड बनाएको भने पहिलो पटक होइन। अगस्ट २०१८ मा यो कम्पनी १ खर्ब डलरको मार्केट क्याप पुग्ने विश्व कै पहिलो कम्पनी बन्यो । दुई वर्ष पछि, यो पहिलो २ खर्ब डलरवाला कम्पनी भयो भने गत जुनमा पहिलो ३ खर्ब डलर मूल्य भएको कम्पनी पनि यहि भयो। आईफोनको बिक्रीमा आएको कमी र अन्य प्राविधिक कम्पनीहरूसँगको प्रतिस्पर्धाका कारण एप्पलको शेयर मूल्य यस वर्षको सुरुमा खासै बढ्न सकेको थिएन । परिणाम स्वरूप  यो कम्पनीलाई पछि पार्दै जनवरीमा माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्यो ।

तर, हालै धेरै एआई सुविधाहरू सहित आक्रामक सेवा विस्तार गरेपछि अघिल्लो महिना माइक्रोसफ्ट र एप्पल बजार क्यापको हिसाबले हाराहारीमा रहेका थिए । एप पलले जूनको सुरुमा नयाँ सेवा सार्वजनिक गरेपछि भने फेरि माइक्रोसफ्ट पछाडि परेको छ। त्यसबाहेक यसको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ बारे बजारमा भएको चर्चाका कारण पनि यसको बज्र मूल्य बढेको बताइन्छ । अर्को वर्ष यसको मूल्य ४ खर्ब डलर पुग्ने अनुमान गरिएको छ ।