|  

कोशी अस्पतालमा पहिलोपटक आँखाको फेको शल्यक्रिया 

२७ असार, काठमाडौं । मोतियाबिन्दु भएका दुई जनाको कोशी अस्पतालले फेको प्रविधिबाट सफल शल्यक्रिया गरेको छ ।

गत मंगलबार मोरङको ग्रामथान गाउँपालिका-६ का ६७ वर्षीय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो। यो आँखाको आधुनिक प्रकारको शल्यक्रिया हो। जसलाई फेको इम्र्फिकेसन सर्जरी पनि भनिन्छ। डा.आस्मा केसी,डा. निश्चल घिमिरे लगायत ६ जनाको टिमले उक्त शल्यक्रिया सफल रुपमा सम्पन्न गरेको अस्पतालकी आँखा विभागकी प्रमुख डा.आस्मा केसीले जानकारी दिइन् । अस्पतालमा आधुनिक प्रविधिद्वारा मोतियाबिन्दुको शल्यक्रिया भएको पहिलो पटक हो।