|  

सिटिइभिटीमा १ सय २६ पदपूर्तिका लागि आवेदन माग

२८ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले खुला, समावेशी र आन्तरिक प्रतियोगता प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार परिषद् र अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका पदहरूका लागि आवेदन माग गरेको हो । परिषद्ले विभिन्न समूह, उपसमूह तथा श्रेणीका पदहरू परिषद्को कर्मचारी सेवा, सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६९ (छैठौँ संशोधन सहित) बमोजिम खुला समावेशी र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट साउन १७ गतेसम्म नियमित शुल्कमा र साउन २४ गतेसम्म दोब्बर दस्तुर आवेदन दिनुपर्ने छ ।