२९ असार, काठकाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार हालै फिल्म ‘सरफिरा’ को प्रमोशनका क्रममा अक्षयको स्वास्थ्य बिग्रिएको थियो । फिल्मको प्रमोसनको क्रममा एक क्रु सदस्य कोभिड(१९ ले बिरामी परे, त्यसपछि अक्षय पनि बिरामी परे ।
उनलाई शुक्रबार बिहान कोभिड पोजेटिभ भेटिएको थियो ।यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना सङ्क्रमित भएका थिए ।