|  

सिमलताल पहिरोः नारायणी नदी किनारमा एक यात्रुको शव भेटियो

२९ असार, काठकाडौं । त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ ।

शनिबार बिहान भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको हो । मृत भेटिएका युवक ऋषिपाल शाह रहेको प्रहरीले जनाएको छ ।

मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्। उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो। उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन।