|  

माल्दिभ्स प्रिमियर लिगमा सोमपालको उत्कृष्ट बलिङ

२९ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका अनुभवी अलराउन्डर सोमपाल कामीले माल्दिभ्स टी–२० प्रिमियर लिगमा उत्कृष्ट पुनरागमन गरेका छन् । 

मिलान क्रिकेट एकेडेमीबाट लिग खेलिरहेका सोमपालले दोस्रो खेलमा व्यान्सा क्लबविरुद्ध तीन ओभरमा १४ रन मात्र खर्चेर महत्वपूर्ण तीन विकेट लिए । उनकै सानदार बलिङको मद्दतमा व्यान्सा १ सय ३६ रनमै अलआउट भएको छ । 

तत्काल नेपालको खेल तालिका नभएकाले सोमपालले माल्दिभ्सको लिग खेलिरहेका हुन् । उनी सम्मिलित मिलान एकेडेमी अहिले ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।