|  

हिजो नारायणी नदीको टापुमा मृत भेटिएका दुई जना गणपति र एन्जल्स बसका यात्रु रहेको पुष्टि

३० असार, काठमाडौं । नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिबार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ।

माडी-१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन् । विकास वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै  गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बसमा सवार थिए । भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको प्रहरीले जनाएको छ  ।

उनी काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए। शव भरतपुर अस्पतालको शव गृहमा छन्।