३० असार, काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट पाएको पारिश्रमिक बापतको कर तिरेका छन् ।
फिल्म निर्माता रोहित अधिकारीले अनमोलले सरकारलाई तिरेको करको रसिदलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्। यो फिल्मबाट उनले ५० लाख रूपैयाँ पारिश्रमिक लिएका थिए। आफूले लिएको पारिश्रमिक बापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेका छन्। योसँगै अनमोलले उक्त फिल्मबाट ५० लाख रूपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ। फिल्म ‘फर्की फर्की’ गत जेठ १० गतेदेखि प्रदर्शनमा आएको थियो।
नेपाली फिल्ममा कलाकारले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेको यो पहिलोपटक हो।