|  

बलेले कसे स्नेहासँग लगनगाँठो

३० असार, काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका छन् ।

आज काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् ।