३० असार, काठमाडौं । देशभर १ हजार ५ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७३ जिल्लामा १ हजार ५ सय ४४ जनामा डेंगु पुष्टि भएको हो। हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहेक ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिसकेको छ।
अहिलेसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगु पुष्टि भएको छ। बागमती प्रदेशमा ५३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। कोशीमा ३७१, गण्डकीमा २३०, लुम्बिनीमा १८१, सुदूरपश्चिममा १६४, मधेशमा ३९ र कर्णाली प्रदेशमा २१ जनामा डेंगु पुष्टि भएको छ।
जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १ सय ८५, झापामा १ सय २३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०, मकवानपुरमा ७०, डोटीमा ५०, तनहुँ ५३, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ५३, भोजपुरमा ४६, काभ्रेमा ३९ जनामा डेंगु पुष्टि भएको छ।