|  

मन्त्रीपरिषद्‌मा महिलाको प्रतिनिधित्व कम भएको भन्दै सांसद तोसिमाको आपत्ति 

३१ असार, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्‌मा महिला प्रतिनिधित्व कम भएको भन्दै आपत्ति जनाएकी छिन्।

  सोमबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व कम भएको र दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी  हुन्।

उनले भनिन्, दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई महिला अटाउन सकेछन्। आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौँ भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ। तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ?'