|  

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

३१ असार, काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । 

माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुंगोमा पुगेका हुन् । 

उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् ।