|  

नेपाल टेलिकमले ल्यायो मनसुन अफर, के -के छन् सुविधा ? 

१ साउन, काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ ।

जसअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँदेखि कम्बो प्याकेजसमेत पाउन सकिने कम्पनीले जनाएको छ । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल-नेट भ्वाइस र २ जीबी डेटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ ।

यस्तै कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल-नेट भ्वाइस, ४ जीबी डेटा र २० अन-नेट एसएमएस सहितको कम्बो, ४९९ रुपैयाँमा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डेटा र १०० अल-नेट एसएमएस सहितको कम्बो उपलब्ध गराएको छ।कम्पनीका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताले सजिलो अन लिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अन लिमिटेड अल-नेट भ्वाइस, १५ जीबी डेटा र २०० अलनेट एसएमएस पाउनेछन्।

डेटा प्याक अन्तर्गत १ दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ रुपैयाँ देखि ९९९ सम्मका एक जीबीदेखि १ सय जीबीसम्मका डेटा प्याकहरू उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने छ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।