|  

काठमाडौं महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहानैबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको छ।

उच्च अदालत पाटनबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खुलेसँगै महानगरले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरेको हो ।

तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको महानगरले जनाएको छ ।