|  

सिमलताल पहिरोः गणपति बसका चालक र सहचालकको शव फेला

२ साउन, काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव नेपाल-भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको हो । शव परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।