|  

अब टेलिभिजनमा पनि  ‘भुन्टी’

२ साउन, काठमाडौं ।  नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ ।

युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको यो सिरियल मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो ।सिरियलको पछिल्लो एपिसोड हिजो राती ९ बजेदेखि टेलिभिजनमा प्रसारण भयो। ९ः१० बजे युट्युबमा स्ट्रिमिङ गरियो।

यसअघि सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो। अब हरेक मंगलबार राती ९ बजे कान्तिपुर टिभी र त्यसको १० मिनेटपछि ‘सुकुमाया टिभी’ युट्युबमा प्रसारणमा आउने बताइएको छ । पारिवारिक कथामा निर्माण हुँदै आएको ‘भुन्टी’ सेन्टिमेन्टल सिरियल हो।