|  

टीकापुर अस्पतालमा हेमोडाइलासिस सेवा सुरू

३ असार, काठमाडौं । टीकापुर अस्पतालमा ‘हेमोडाइलासिस’ सेवा सुरू भएको छ ।

असार ३१ गतेदेखि हेमोडाइलासिस सेवा सुरू भएको हो । सेवा सञ्चालनका लागि ४० लाख खर्च भएको अस्पतालले जनाएको छ । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ ।

अस्पतालमा डाइलासिस सेवा सुरू भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ ।