४ साउन, काठमाडौं । महोत्तरीको पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
बिहीबार अपराह्न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्रयाक्टरमा पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेका वेला २७ जना जलेश्वर नपा-९ स्थित परिकौली चोकनजिकै दुर्घटनामा परेका हुन्।
चालकले तीव्र गतिमा ट्रयाक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर लगिएको छ।