|  

शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

१३ फागुन, काठमाडौं । भोजपुरको सुम्नीमा पोलिटेक्नीक इन्स्टिच्युट देउरालीका शिक्षालय प्रमुख शंकरदेव कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कोइराला सम्मानित भएका हुन् ।  

उनीसँगै दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षालय प्रमुख अच्युतराज दाहाल, पोखरा प्राविधिक शिक्षालय पोखराका उपप्रमुख राजीव कुमार ठाकुर र परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका हरि भण्डारी पनि सम्मानित भएका छन् ।