|  

‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने

५ साउन, काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ ।

कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘लाज शरणम्’को निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् ।

कथा पनि उनी स्वयंले लेखेका छन् । नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सह–निर्माताको रूपमा रहनेछन् ।चलचित्रमा अर्जुन घिमिरे,सागर लम्साल,कमलमणि नेपाल, माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ ।