६ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमै अधिकांश तरकारीको मूल्य किलोको १ सयमाथि पुगेको छ ।
आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १००, गाजर १००, स्थानीय काउली १००, तने बोडी १२० रुपैयाँमा कारोबार भएको छ ।
घिउ सिमी १५०, तिते करेला ८०, परवर ८०, घिरौंला १००,भिण्डी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
न्यूरो १३०, कन्य च्याउ प्रतिकिलो २३०, डल्ले च्याउ ४०० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।