|  

हिन्द महासागरीय क्षेत्रमा भारत चीनबीच बढ्दो गतिरोध

 ६ साउन, काठमाडौं ।   विपिन देव सिंगापुर लिकाउन विश्वविद्यालयका सामरिक जानकार किशोर मेहबुवानीले “एसियन मिराकल” र “हाज चाइना वन” भन्ने पुस्तक प्रकाशित गरेका छन् ।

उक्त पुस्तकहरूको माध्यमबाट मेहबुवानीले भारत र चीनबीच सामरिक सामीप्यता बढेको खण्डमा २१  औं सताब्दी एसियन सताब्दी हुने तर्क र तथ्य प्रस्तुत गरेका छन् । सोही विश्वविद्यालयका अर्का जानकार कान्ती बाजपेयीले आप्mना पुस्तक “इण्डिया भरसेस चाइना” मा भारत चीन पद्वति, परम्परा र रणनीतिले गर्दा पृथक भएकोले गर्दा कुनै पनि भू(राजनीतिक परिदृष्यमा भारत चीन एक साथ नहुने तर्क बाजपेयीको रहेको छ । बजापेयी अनुसार भारतीय स्वतन्त्रता संग्राम अहिंसा र अपरिग्रहको आधार स्तम्भमा सम्पन्न भएको थियो  भने चीनिया क्रान्तीको आधार नै हिंसा र लधुता भाषको आधारमा भएको थियो । यी कारणले गर्दा दुई देश विच सैद्धान्तीक द्वन्द रहिआएको छ ।

सामरिक जानकारहरूको अनुसार विश्वको दोस्रो अर्थतन्त्र चीन र निकट भविष्य २०३० मा नै विश्वको तेस्रो अर्थतन्त्र हुन लागेको भारतबीच तनाव शिथिलिकरण नभएको खण्डमा त्यसको दस्तुर दक्षिण गोलाद्धका अधिकांश मुलुकहरूले व्यर्होनु पर्ने छ । भारत चीनबीच सन् १९८८ मा चीनिया राष्ट्रपति देङ र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच सम्वन्ध सहजीकरण गर्न एक संरचना तयार भएको थियो । सन् १९९३ मा त्यो समझदारी र संरचनाको कसी भारतका तत्कालीन प्रधानमन्त्री नरसिंहा रावले त्यसलाई सम्झौताको रूप दिएको थियो । तीन दशकसम्म भारत चीनबीच यही सम्झौता र समझादरीको आधारमा दौत्य सम्बन्ध वढ्दै गयो । हुनतः वेला वखतमा सीमावर्ती क्षेत्रमा केही झडपहरू नभएको होइन ।

सन् १९८७ मा सोमाचोङ विवादलाई वार्ताको माध्यमबाट दुई देशहरूले निरुपण गरेका थिए । वर्तमान अवस्था असहज रहेको छ । सन् २०१३ देखि नै उक्त संरचनालाई चीनले उलङ्घन गरेको देखिन्छ । सन् २०१३ मा चुमर घटना, सन् २०१७ मा डोकलम विवाद र सन् २०२० विच गलवान विवादले यी दुई देश विच सम्झदारी भङ्ग भएको छ । चीनिया नीतिमा परिर्वतन आउनुका धेरै आधारहरू न् । भारतका पूर्व राजदुत विजय गोखलेले चीनलाई केन्द्रित गर्दै अनेकौं पुस्तकहरू प्रकाशित गरेका छन् ।

उनका मुख्य पुस्तकहरू “लौग गेम” क्रस विण्ड” र “थिनामेन स्कावयर”ले भारत चीन विच धेरै पेचिला कुराहरूलाई उद्घाटित गरेको छ । गोखले अनुसार सन् १९४९ देखि नै चीनले मुख्य शक्तिको रूपमा अमेरिका र रसीयालाई मात्र स्वीकार गरेको छ । यस वाहेक जापान, अष्ट्रेलीया, भारत लगायत अन्य देशहरूलाई सहायक शक्तिको रूपमा मात्र स्वीकार गरेको छ । चीनिया सामरिक नीतिले भारतलाई क्षेत्रीय शक्तिको रूपमा मात्र स्वीकार गरेको छ । त्यसको विपरित अन्तर्राष्ट्रिय कूटनीतिक रंगमञ्चमा भारत अब्वल देखिन्छ ।

भर्खरै जी ट्वान्टीको वृहत अनुष्ठानको माध्यमबाट शक्ति केन्द्रहरूबीच सम्झौता गराउन सक्नु भारतीय नेतृत्वको महारथ झलकिन्छ । अमेरिका, युरोप, जापान लगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूसंग भारतको आवद्धता चीनलाई पॉच्य भएको छैन । सन् १९८८ मा भारत र चीनको आर्थिक आकारमा समरुपता भएता पनि वर्तमान परिवेशमा चीनिया अर्थतन्त्रको आकार भारत भन्दा पॉच गुणा अधिक रहेको छ  भने भारत भन्दा चीनले सैनिक खर्च ४ गुणा अधिक रहेको छ । चीन सुरक्षा परिषद्को स्थायी सदस्य भएकोले गर्दा भिटोको अधिकार समेत प्राप्त गरेको छ ।

यी कारक तत्वहरूले चीन भारतलाई दवावमा राख्न सामरिक कसरतमा तल्लिन रहन्छ । चीनिया दृष्टिकोण प्रति भारत सजग रहेको देखिन्छ । भारतका पूर्व राजदुत श्याम शरणले आफ्ना  पुस्तक “हाउ‘ चाइना सी द इण्डिया एण्ड वल्ड” मा चीनिया नीति कालान्तरमा परिर्वतन हुने संकेत गरेका छन् । अर्थात् चीनिया दवावलाई मत्थर गर्न भारतले आर्थिक विकास दरमा तीव्रता दिनु पर्दछ । वर्तमान परिवेशमा संसारको सबभन्दा तीव्रगतिले विकास गरिरहेको अर्थतन्त्र मध्ये भारत रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको सर्वेक्षण अनुसार सन् २०२५ मा समेत भारत सात प्रतिशत विकास दर अगाडी बढिरहने छ ।

जनसांख्यीक लाभांष, प्रजातान्त्रिक पद्धति र अब्वल नेतृत्वले गर्दा दुई दशक भित्र नै भारतीय अर्थतन्त्र चीनको हारा हारीमा आउने सम्भावना रहेको छ । अपेक्षाकृत चीनिया विकास दर खस्कीरहेको छ । रियल स्टेटको व्यापारमा २० प्रतिशतको गिरावट देखिएको छ भने वेरोजगारी दर २५ प्रतिशतले बढेको छ । जनसंख्यीक लाभांषमा कमी, विदेशी पू‘जी पलायनले गर्दा चीनिया अर्थतन्त्र कालान्तरमा कमजोर हुने सम्भावनालाई इनकार गर्न सकिँदैन । चीनिया दवावलाई सामरिक टक्कर दिन भारतले गठबन्धन र गठजोडको कूटनीतिलाई अगाडी बढाएको छ ।

शित युद्ध ताका सम्झौताद्वारा सोभीयत सुरक्षा छातामा भारत रहेको थियो । शित युद्ध पश्चात भारत प्रजातान्त्रिक गठबन्धमा रहेको छ । भारत कर्वाड (अमेरिका, अष्ट्रेलीया, जापान भारत) को सक्रिय साझेदार रहेको छ । हिन्दमहासागरीय क्षेत्रमा कर्वाड सक्रिय रहेको छ । वर्तमान परिवशेमा संसारको व्यापरिक लाइफ लाइन हिन्द महासागरीय क्षेत्र रहेको छ । हिन्द महासागरीय क्षेत्रमा नै संसारको अधिकांश व्यापारिक कारोवार हुने गर्दछ । जानकारहरू अनुसार हिन्दु महासागरीय क्षेत्रलाई पूर्व र पश्चिमको संगम र हलीउडदेखि बलीउडको मिलनको रूपमा व्याख्या गरेका छन् ।

भू-राजनैतिक बनौटले गर्दा भारत हिन्द महासागरको कौखमा रहेको छ । हिन्द महासागरको विभिन्न चेक प्वाइन्टमा भारतीय जलसेनाको गहिरो पकड रहेको छ । चीनले आप्mना उर्जा आपूर्ति गर्ने मालाका स्टेटमा भारतीय जनसेनाको बलियो पकड रहेको छ । चीनिया जलसेनाको पकड हिन्दमहासागर बढिरहेको छ । जिबुतीमा त चीनिया सैन्य अडा नै रहेको छ । चीनिया आक्रामक्तलाई हिन्द महासागरीय क्षेत्रमा रोक्न भारतले अमेरिका लगायत कर्वाडमा अन्य सदस्यहरूसंगको सहकार्यमा जोड दिएको छ । संसारको प्रमुख व्यापारिक नाका हिन्दमहासागरीय क्षेत्र भएकोले गर्दा चीन र भारतको टक्कर हिन्द महासागरीय क्षेत्रमा देखिएको छ ।