६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ ।
पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।