|  

महिला एशिया कप :  नेपालले  पाकिस्तानलाई दियो  १०९ रनको लक्ष्य

६ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ। श्रीलंकाको डम्बुला मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको हो।

नेपालका लागि कविता जोशीले ३१,  सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन बनाएका थिए। पाकिस्तानका लागि सादिया इक्बालले २ र फातिमा सानाले १ विकेट लिएका थिए।

पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो।