|  

ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

७ साउन, काठमाडौं ।   नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् ।

क्यानडामा हुने ग्लोबल टी-२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् ।