|  

काभा यु–२०ः आज कीर्गिस्तानसँग खेल्दै नेपाल 

७ साउन, काठमाडौं ।   काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ ।

माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । आज नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो भने नेपाल तेस्रो स्थानमा रहेको थियो ।