|  

फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित 

७ साउन, काठमाडौं ।  फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।

अभिनेता खगेन्द्र लामिछानेपछि फिल्मको एक्टर–लाइनअपमा निश्चल जोडिएका हुन् ।फिल्ममा निश्चलले डेरावालको भूमिका निर्वाह गर्नेछन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा बुद्धिसागरले लेखेका हुन् ।

शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ ।